News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    ओली प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।...बाँकी

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी

    प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको मत दिएनन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि...बाँकी

    पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    prem suwal rostram

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता आएको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै...बाँकी

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा ११ घाईते

    सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हाईस गाडीको गति अनियन्त्रित भइ सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाईते भएका छन्...बाँकी

    फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो : रवि लामिछाने

    गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारका...बाँकी

    बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन – प्रमुख सचेतक पाण्डे

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि...बाँकी

    बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको एमाले सचिव भट्टराईको भनाई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला...बाँकी

    राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले एकता- रमेश लेखक

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काँग्रेक एमाले एक भएका भनेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि...बाँकी

    संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान प्रचण्डकाे प्रस्ताव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चगमनका लागि संविधान संशोधन स्वीकार्य नहुने बताएका छन् । अग्रगमनका लागि संविधान संशोधन गर्न सकिने उनको सुझाव छ । संविधान संशोधन गर्ने भए खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान उनले प्रस्ताव...बाँकी