News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    राजीनामा पश्चात पनि सरकारी निवास नछाडेकी शिवमाया अन्तत: बनिन् मन्त्री

    उपसभामुख बाट राजीनामा गरी पदमुक्त भएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । सोमबार दिउँसो तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भए संगै उनले उक्त जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी

    ‘बाँकी कुरा पछि भनौंला’भन्दै कारागारबाट बाहिरिए महरा : निस्कदै गर्दा लाग्यो एमसीसी मुर्दावादको नारा

    १ सय ३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका  निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । बलात्कार प्रयासको आरोपमा सफाई पाएपछि उनी रिहा भएका हुन् । डिल्लीबजार कारागारमा महरालाई खादा र माला लगाई विदाइ गरिएको...बाँकी

    निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएपछि स्वागतका लागि पुगे कार्यकर्ता

    बलात्कार प्रयासको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौ जिल्ला अदालतले अन्तत: उनलाई निर्दोष ठहर गरेको हो । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेल को एकल इजलासले महरालाई निर्दोष ठहर गर्दै...बाँकी

    प्रधानमन्त्री ओलीद्वारा वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको खुलासा

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको खुलासा गरेका छन् ।आफ्नो गृहजिल्ला झापा पुगेर ओलीले आफ्नोवर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ...बाँकी

    महराको मुद्दामा सोमबार फैसला हुने

    काठमाडौं । जबर्जस्ती करणी उद्योगसम्बन्धी पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले सोमबार मात्र फैसला गर्ने भएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको छ।फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिए।...बाँकी

    पढन्ते विद्यार्थी : घुमन्ते शिक्षक

    जेन्युन स्कूलको किण्डरगार्टनमा पढ्ने प्रसिद्धिकालाई धेरै पुस्तक एकै ठाउँमा देख्दा बढो रमाइलो लागिरहेको थियो । जुन पुस्तक पल्टायो त्यहिँ उनलाई किनुकिनु लागेको थियो । तर, चाहेर पनि उनले सबै पुस्तक पाउने सम्भावना थिएन । त्यसैले...बाँकी

    भक्तपुरका स्थानीयका लागि छुट्टै ‘हेल्थ डेस्क’

    काठमाडौं । चीनबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी...बाँकी

    वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर : स्थानीयप्रति आभार ब्यक्त

    चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस (कोभेड-१९) को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याइपुर्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका...बाँकी

    १८५ जना ल्याउन चीन पुगेको सरकारी बिमान १७५ जना लिएर उड्यो : बिहान ४ बजे भित्र भक्तपुर ल्याइने

    नेपाल सरकारले चीनमा रहेका आफ्ना नागरिक उद्धार गर्न पठाएको नेपाल वायु सेवा निगमको जहाज चीनको वुहानबाट १ सय ७५ जना नेपाली बोकेर नेपालतर्फ उडेको छ । शनिवार साँझ ४ बजे उडेर ८ बजे वुहानमा अवतरण...बाँकी

    टिपरको ठक्करले दुई विद्यार्थीको ज्यान लियो

    विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही...बाँकी