News Portal

  • भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुर, ५ भदौ
    १८४० पटक
    भक्तपुर, ५ भदौ

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो ।

    भक्तपुरको कमलविनायकस्थित सरस्वती स्कुलको खेलमैदानमा आगामी भदौ १४ गते उक्त प्रतियोगिता हुने आयोजक संस्थाका पृथ्वी बासुकलाले बताए । उनका अनुसार प्रतियोगिता  महिला र पुरुषको लागि छुट्टाछुट्टै गरिनेछ र यो प्रतियोगिता तौल समूह अनुसार खेलाइने छ ।

    कराँते खेलमा महिला तथा पुरुष दुवैमा २० केजी देखि ५० केजी सम्मको समूह र खुल्ला तौल समूह रहने बताइएको छ । त्यसैगरी किक बक्सिङमा भने महिला पुरुष दुवैमा ४५, ५० र ५५ केजी तौल समूह बीच खेल हुने जानकारी प्राप्त भएको छ ।

    प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । खेल एकेएफ र डव्लुकेएफको नियमानुसार खेलाईने आयोजकले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...