News Portal

  • सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२० साउन
    ५४३१ पटक
    भक्तपुर,२० साउन

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो ।

    सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश बस्नेतले बुधवार चाँगुनारायण २ झौखेलमा शिलान्यास गर्न लागेका खानेपानी आयोजनाले एक किसानलाई सुकुम्बासी बनाउने भन्दै नेकपाकै एक नेताले आलोचना गरेका छन् । नेकपा बागमती प्रदेश सुशासन समितिका संयोजक समेत रहेका नेता देवेन्द्र श्रेष्ठले पुस्तौदेखि भोगचलन गर्दै आएका आशाकाजी गोराको जमिन कब्जा गरेर आयोजना निर्माण गर्नु नहुने जिकिर गरेका हुन् ।

    ठेक्काबाट पैसा कमाउन स्थानीय ठेकेदारको मिलेमतोमा जनताको नम्बरी जग्गालाई सरकारी जग्गामा परिणत गरिएको र जग्गाको जग्गाधनी पुर्जा नेपाल सरकारको नाममा हालसालै निकाली उक्त जग्गामा खानेपानीको आयोजनाको लागि १८ करोड बजेट समेत पारिएको उनले जानकारी गराए । यसरी आशाकाजीको करिब डेढ रोपनी जमिन हडपिएर उनलाई सुकुम्बासी बनाउनु न्यायसंगत नहुने नेता श्रेष्ठले बताए ।

    नेता श्रेष्ठका अनुसार जग्गाधनी आशाकाजी गोराले बिरोध जनाउँदा भक्तपुर जिल्ला प्रहरी कार्यालय(महानगरीय प्रहरी परिसर, भक्तपुर)ले आशाकाजीका सम्पुर्ण परिवारलाई नै मंगलवार नियन्त्रणमा लिएर थुनामा राखेको छ । बुधवारको शिलान्यासमा अवराेध नहाेस् भन्नाका लागि पिडितलाई झन् पिडित हुनेगरी थुनामा राख्नुले जनताको आवाज दवाउन खोजेको आशंकालाई थप बलियो बनाउने उनले बताए ।

    आफूसंग भएका तथ्य प्रमाण सहित आफूलाइ अन्याय भएको कुरा ब्यहोरासहित सम्बन्धित निकायमा जाँदा पनि सुनुवाइ हुनुको सट्टा पुस्तैनी जमिन गुमाउनुको साथै उल्टै थुनामा पर्नुले कम्युनिष्ट सरकारकाे खिल्ली उडाउने उनकाे तर्क छ ।

    यस सम्वन्धमा सांसद बस्नेतसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

    अपडेट : बिबादका बीच बुधवार सांसद बस्नेतले आयाेजनाकाे शिलान्यास गरेका छन् । उक्त अवसरमा उनले मिडियामा आउँदैमा र मानिसहरुले बिराेध गर्दैमा आयाेजना नराेकिने बताए । खानेपानी कार्यालयका प्रतिनिधिले भने बिबादित जग्गा भएकाले आयाेजना पूरा हुन गार्हाे हुने जानकारी गराएका थिए । पिडित पक्ष अदालत गएमा आयाेजना अधुराे हुने र राज्यकाे लगानी डुब्ने उनकाे भनाइ छ । सांसद बस्नेतले आयाेजनाकाे शिलान्यास गरेसंगै जग्गाधनी आशाकाजी गोरा र उनका सबै परिवारलाइ प्रहरीले थुनामुक्त गरिदिएकाे छ । सांसद बस्नेत निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन् भने उक्त आयोजना क्षेत्र नम्बर १ मा पर्छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...