News Portal

  • नगरव्यापी विद्यालयस्तरीय कबड्डीमा अब्बल स्कुल : मिनर्वा र साईनिङ्ग

    अनिल श्रेष्ठभक्तपुर, ३ चैत
    १०२८ पटक
    भक्तपुर, ३ चैत

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गलिश स्कुल र साईनिङ्ग इ‍. स्कुलले आफूलाई अब्बल सावित गरेका छन् ।

    फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा भएको कबड्डी प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा मिनर्वा इङ्गलिश स्कूल र छात्रातर्फ साईनिङ्ग इ‍. स्कुलले जीत हासिल गरी आफूलाई अब्बल सावित गरेको हो ।

    कबड्डी प्रतियोगिताको पुरुषतर्फको खेलमा मिनर्वा इङ्गलिश स्कूल प्रथम, जेन्यूइन सेकेन्डरी स्कूल दोस्रो, बागीश्वरी मावि र ख्वप्रिङ इङ्गलिस स्कूलले तेस्रो स्थान हासिल गरेका थिए भने कबड्डी छात्रातर्फ साईनिङ्ग इ‍. स्कूल प्रथम, पारागन एकेडेमी दोस्रो, बासु मावि र बागीश्वरी माविले तेस्रो स्थान ओगट्न सफल भएका छन् ।

    उत्कृष्ट प्रथम,  दोस्रो र तेस्रो  हुन सफल विद्यालयका खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र  सहित मंगलबार एक कार्यक्रमकाबीच पुरस्कृतसमेत गरिएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...