News Portal

  • भक्तपुर नगरव्यापी खेलकुद र अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न

    अनिल श्रेष्ठभक्तपुर, ३ चैत
    ११७४ पटक
    भक्तपुर, ३ चैत

    सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा आयाेजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । फागुन २९ गतेदेखि शुरु प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे ।

    समापन कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मजदुर किसान पार्टीका सचिव एवंं संघीय सांसद प्रेम सुवालले पुरस्कार जित्नको लागि मात्र प्रतियोगितामा भाग लिने भन्दा पनि विद्यार्थीहरुले शारीरिक र मानसिक विकासका निम्ति खेललाई निरन्तरता दिनुपर्नेमा जाेड दिए । विद्यार्थी जीवनबाट खेलाडी हुनेहरु अरुको तुलनामा अनुशासित र मर्यादित हुने भन्दै सांसद सुवालले सभ्य र सुसंस्कृत नयाँ पुस्ता निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।

    खेलाडीहरुले देश विदेशको राजनीतिक अवस्थाबारे जानकारी लिनुपर्ने आवश्यकता बोध गराउँदै साँसद सुवालले खेलकुद क्षेत्रलाई अगाडि बढाउन मद्दत गर्नुपर्ने र समाजमा उदाहरणीय खेलाडीको रुपमा अघि बढ्न प्रेरित गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरुको सहभागिता रहेको जानकारी गराँउदै विद्यार्थीहरुलाई शिक्षा र खेलकुद क्षेत्रमा सँगसँगै अगाडि बढाउने नगरपालिकाको उद्देश्यबारे बताए ।
    चार दिने प्रतियोगिता सफल रुपमा सम्पन्न भएकोमा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दै मेयर प्रजापतिले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र उद्देश्य अनुरुप भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताए।

    भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भक्तपुर नपा शिक्षामा अगाडि बढेको देशकै उत्कृष्ट नपामा दरिन सफल भएको बताउँदै खेलकुदले विद्यार्थी जीवनदेखि नै अनुशासन, सफलता  र असफलता, हार र जितको पाठ सिकाउँने हुँदा प्रतियाेगिताकाे प्रभावकारीताबारे प्रष्ट पारेका थिए ।

    हेटौडा उपमहानगरपालिकाका खेलाडी एवं वर्तमान बुद्धिचाल च्याम्पियन पुरुषोत्तम चौलागाईले कोभिडको जोखिमबीच पनि भक्तपुर नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोका खुशी व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले प्रतियोगितामा प्रथम हुने हेटौडा उपमहानगरपालिकाको टीमलाई रु. १,५०,०००।–, दोस्रो हुने ललितपुर महानगरपालिकाको टीमलाई रु.१,००,०००।–, तेस्रो स्थान हासिल गर्ने काठमाण्डौ महानगरपालिकाको टीमलाई रु. ५०,०००।– नगद पुरस्कार, ट्रोफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...