News Portal

  • छ लेन सडकमा दुर्घटना : मोटरसाइकल पछाडी सवार युवकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    ९१७ पटक
    भक्तपुर, २ बैशाख

    गएराती मध्यपुर थिमि ४ एसएस चोकस्थित छ लेन सडकमा दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडी सवार युवकको मृत्यु भएको छ भने चालकको उपचार भैरहेको छ ।

    भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको अवस्थामा राती करिब पौने ११:४० बजे प्रहरी पुगी उद्धार गरेको थियो । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि. ईन्द्रमणी अधिकारीको कमाण्डमा खटिएका प्रहरीले गम्भीर घाइते भएका चालक र पछाडी सवार व्यक्तिलाई मध्यपुर अस्पताल ठिमी पुर्याएका थिए ।

    पछाडी सवार काभ्रेपलाञ्चोक धुलिखेल न.पा. १० बस्ने बर्ष ३२ को महेश शाहको राति करिब ११:५० बजेको समयमा नै सम्बन्धित चिकित्सकले मृत घोषित गरेको डिएसपी दिपक गिरीले जानकारी दिए ।चालक सोही ठेगानाका २२ वर्षीय महेन्द्र शाहको मध्यपुर अस्पताल ठिमीमा उपचार भईरहेको बताइएको छ ।

    मदाक पदार्थ सेवन गरी तीब्र गतिमा लापरवाही तरिकाले सवारी चलाउदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...