News Portal

  • प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ फागुन २०७८
    ८९७ पटक
    bijukchheभक्तपुर, १७ फागुन २०७८

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् ।

    मंगलवार भक्तपुर नगरपालिकाद्वारा पुनर्निर्माण गरिएको न्हू: पुखु (रानीपोखरी)को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने डर रहेको आरोप लगाए । प्रचण्डको सोही डरमा टेकेर अमेरिकाले तर्साएको  उनको भनाइ छ ।

    अध्यक्ष बिजुक्छेंंले माओवादीले जनयुद्धको नाममा हत्याहिंसा गरेर आएको र त्यो विषय अन्तर्राष्ट्रिय अदालतमा लगेर फासी दिने भन्दै प्रचण्डलाई डर देखाउदा उनी एमसीसीको पक्षमा उभिएका दावी गरे । अध्यक्ष बिजुक्छेंले एमसीसीमा गरिएको ब्याख्यात्मक टिप्पणी एकपक्षीय भएको जिकिर गर्दै त्यसको कानुनी अर्थ नहुने तर्क गरे ।

    उनले एमसीसी रास्ट्रघाती भएको भन्दै पास गराउने नेता र पार्टीको पक्षमा उभिने कार्यकर्ता पनि दोषी हुने उल्लेख गरे । उक्त अवसरमा उनले उक्त दलमा रहेका एमसीसी विरोधी कार्यकर्ताहरुलाई आफ्नो दलमा ल्याउनु पर्ने आवश्यकता समेत औल्याए । अझै पनि १ सय ५० देशमा आफ्नो सेना राखेर हैकम चलाइरहेको संयुक्त राज्य अमेरिका संग एमसीसी सम्झौता गर्न संसद बाट पास हुनु दुःखद् भएको बताएका अध्यक्ष बिजुक्छेंले सत्तारुढ दल नेपाली कांग्रेस र अन्य सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि भने कुनै शब्द खर्चिएनन् ।

    कार्यक्रममा संघीय सांसद एवं नेमकिपाका सचिव प्रेम सुवालले समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति मात्र आक्रोश पोखे । प्रचण्डले एमसीसीको बिरोध गर्ने नेमकिपालाई जनताले साथ नदिएको र महाकाली सम्झौताको विरोध गर्ने बामदेवको तत्कालीन पार्टी नेकपा माले लाई जनताले पराजित गराएको भन्दै जनताको अवमूल्यन गरेका सुवालको आरोप छ ।

    उक्त अवसरमा प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाइँ, सिर्जना सैजु, नगर उपप्रमुख रजनी जोशी,भक्तपुर सिडिओ रुद्रादेवी शर्मा,सस्कृतीविद तेजेश्वरबाबु ज्वङ्ग, इतिहासविद गौरीबहादुर कार्की, प्राडा पुरुसोत्तम्लोचन श्रेष्ठ, पत्रकार लक्ष्मण जोशी लगायतले न्हू: पुखु पुनर्निर्माण गरी भक्तपुर नगरपालिकाले नगरबासीमा गुन लगाएको बताएका थिए  । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडाध्यक्ष रवीन्द्र ज्याख्व:ले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...