News Portal

  • आज पनि संसद अवरोध गर्ने एमालेको तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ४८६ पटक
    भक्तपुर, २ असार २०७९

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नहरुको बारेमा जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद बैठक अहिले केहिबेरमा बोलाइएको छ ।

    अर्थमन्त्री जर्नादन शर्माले भने बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रमको एमालेले प्रतिवाद गर्ने जनाएका छन् । अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको आरोप एमालेले लगाउँदै आएको छ । यही आरोपमा एमालेले मंगलबार संसदको बैठक अवरोध गरेको थियो भने, त्यसयता अर्थमन्त्रीले गर्ने टिप्पणीमा विरोध गर्ने जनाउँदै आएका छन् ।

    यधपी, अर्थमन्त्री शर्माले भने आफुमाथि प्रतिपक्षले आरोप लगाउने विषय नपाएर गलत आरोप लगाएको बताएका छन् । उनले मन्त्रालयबाटै त्यसको औपचारिक खण्डन समेत गरिसकेका छन् । तर एमालेले भने अर्थमन्त्रीले कि राजीनामा दिनुपर्ने नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । त्यसो नभएसम्म प्रमुख प्रतिपक्षीले संसद् अवरोध गर्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...