News Portal

  • मतयाः कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न

    राजेश बज्राचार्यललितपुर, २१ साउन
    ११९१ पटक
    ललितपुर, २१ साउन

    हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोल्लास एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ ।

    यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै आज परम्परालाई निरन्तरता दिने महत्वपूर्ण ध्येय सहित सफलतापूर्वक सम्पन्न गर्न पाउँदा सन्तुष्ट भएको बताएका छन ।

    परम्परालाई सिमित र सांकेतिक रूपमा संचालन गर्न केवल दुई जना श्रद्धेय गुरुजुहरु, त्यसैगरी झण्डा, निसला, गुलुपा, देवा, बत्ती, कपुर, हर्रो चढाउनका लागि संयोजकहरु (कजि, कजिनी), टोल प्रमुखहरु (त्वाःमो, त्वाःमोनीहरु)का साथमा मतयाः सञ्चालन समितिका सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुको टोली लागि परेका देखिन्थ्यो ।

    परिक्रमा टोलीले महत्वपूर्ण महाविहारहरु, विहारहरु, बहिलहरु र अशोक स्तुपहरु सहित जम्मा ६३ वटा मुख्य देवस्थलहरु दर्शन गरे भने अन्य सहयोगीहरुले परिक्रमा टोलीलाई सहजीकरण गर्नका निम्ति करिब ६ घण्टा अवधि भर सक्दो प्रयास गरेको थियो । झण्डै १८ घन्टाको यात्रा यसपटक बने बिहान ५:४५ बजे रुद्रवर्ण महाविहार ओकुबहा:बाट शुरु गरिएको मतयाः अन्तमा गुइतः नकिं दर्शन पश्चात भिन्छेबहाः हुदै करिव १२:३० बजे ओकुबहाः पुगेर समापन गरिएको थियो ।

    यस पर्वमा विशेष मानिने महत्वपूर्णरुपमा चलिआएका परम्परागत साँस्कृतिक बाजागाजाहरु सहित श्रद्धालु भक्तजनहरुलाई सहभागी गर्न नसकिने परिस्थिति र अनेकन पूर्व तयारीको बाबजूद सम्बन्धित सबै श्रद्धालु भक्तजनहरु समाहित गर्न असमर्थ भएको प्रति निकै दुःख र अभावको महशुस भएको आयोजकका तर्फबाट बिचार ब्यक्त गरिएको छ ।

    यसबाट पर्न गएको भावनात्मक चोटका निम्ति सरोकारवाला समस्तप्रति पुनः क्षमाप्रार्थी भएको बताउंदै ललितपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ का सदस्य रूपेन्द्र शाक्यले भने,” मतयाः केन्द्रिय समितिले अनवरत दिनुभएको सल्लाह र हौसलाका लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ । यस परिस्थितिमा पनि आम दर्शक महानुभावहरु, टोलबासी लगायत सञ्चार माध्यमहरुले हाम्रो यस पृथक प्रयासमा दिनुभएको साथ र भावनात्मक समर्थनका लागि आयोजक समितिका तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौ‌ ।”

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...