News Portal

  • भक्तपुरमा जग्गा हेर्ने निहुँमा कुटपिट गरी हत्या गरेकाे अभियाेगमा तीनजना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता
    १४०६ पटक

    भक्तपुर, २७ असोज । महानगरीय अपराध महाशाखाले चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रकुमार योन्जनको हत्या गरेकाे अभियाेगमा तीन जनालाई आज पक्राउ गरेको छ । योन्जनलाई जग्गा हेर्ने बहानामा असोज २१ गते कुटपिट गरी हत्या गरिएको थियो ।

    पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं महानगरपालिका-७ वौद्ध बस्ने सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका-२ घर भएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवि गाउँपालिका-५ घर भएका २७ वर्षीय प्रेम तामाङ रहेका छन् । । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख रहेका वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्ध लगायतबाट पक्रेको बताइएकाे छ ।

    योन्जन एक स्थानीय व्यापारी समेत थिए । उनलाई निर्घात कुटेर बेहोस बनाएपछि हातमा लगाएको दुइतोला सुनको ब्रासलेट, १ तोलाको सुनको सिक्री र दुईवटा मोवाइल सेट लिएर उनीहरु फरार भएका थिए । जग्गा हेर्ने बहानामा पसल भन्दा करिब १ कि.मी. पर विडोलफाँट स्थित धानखेतमा लगी कुटपिट गरी मृतकको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार रहेका थिए ।  फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको  हो ।उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा.९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुन बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको छ ।

    अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरुले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । अभियुक्तहरु उपर थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त, जगातीमा राखिएकाे छ ।  भक्तपुर जिल्ला अदालतबाट म्याद थप भएर उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी केशवकुमार थेबेले जनाएका छन् ।

    सुडालमा रहस्यमय हत्या : जग्गा हेर्न आएकाले लिए योन्जनको ज्यान

    घटना विवरणः
    भक्तपुरमा जग्गा हेर्ने बहानामा आएका अपरिचित व्यक्तिको कुटपिटबाट एकजनाको ज्यान गएको छ । जग्गा देखाउन गएका एक स्थानीयले जग्गा किन्ने भनिएका ब्यक्तिहरुको कुटपिटबाट ज्यान गुमाएका हुन् ।

    यसरी ज्यान गुमाउने व्यक्ति चाँगुनारायण नगरपालिकास्थित सुडालका ६१ वर्षीय चन्द्रकुमार योन्जन हुन् । जन्म घर रामेछाप भइ पछिल्लो समय सुडालमा घरजम गरेर बसेका योन्जनलाई जग्गा किन्ने बहानामा एकान्तस्थानमा पु¥याइ कुटपिट भएको र सोही कारण उनको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

    पारिवारिक श्रोतका अनुसार हिजो बुधवार साझ करिब ४ः३० बजे जग्गा किन्न भनी फोन सम्पर्क गरि अपरिचित मानिसहरु आएका थिए । २ वटा मोटरसाइकलमा आएका उनीहरुले उनको सुडालस्थित घरमै संचालित खाजाघरमा बसी बियर समेत खाएका थिए । जग्गा देखाउन लिएर गएपछी उनीहरुले एकान्तस्थलमा योन्जनलाई कुटपिट गरि उनले लगाएको सुनको ब्रास्लेट लगायत लुटेर फरार भएका थाहा भएको छ ।

    घटनापछि गम्भीर घाइते योन्जनलाई उपचारको लागि ठिमीस्थित मध्यपुर अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौको ग्रीनसिटी अस्पताल पु¥याइएका योन्जनको बिहीबार बिहान ज्यान गएको हो ।

    कुटपिटबाट योन्जनको ज्यान गएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी केशवकुमार थेबेले पुष्टि गरेका छन् । घटनामा संलग्नहरुको खोजी भैरहेको उनको भनाइ छ । घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाको टोलीसमेत खटेको जानकारी प्राप्त भएको छ । मृतक योन्जनको कसैसंग शत्रुता नरहेको स्थानीय बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...