News Portal

  • डाँको छोडी रुन मन थियो, घरमा रुने वातावरण थिएन !

    रचना बयलकोटीभक्तपुर,१२ भदौ २०७९
    ५९५ पटक
    भक्तपुर,१२ भदौ २०७९

    “ओइ सुन्न, आज जाउ न कतै फ्रेस हुन कस्तो टेन्सन भइराछ” । मैले सफलतालाई फोन गरेर भने । “कता जानु र नजानी क्या” । उसले जवाफ फर्काइ । “ह्या हिँड न कतै बसेर गफ गरौ । मन हलुङगो हुन्छ कि” मैले मनको पिर बिसाउने आशमा भने । “म त जान्ने है कतै मन छैन पछि जाउला कतै घुम्न ।” उसको निराशपुर्ण जवाफ पाए । मैले पनि कहर गर्न उचित ठानिन । “ए ल त्यसो भए ।” मैले भने । ल पछि जाउला कतै रमाइलो गर्न भन्दै उसले फोन काटी ।

    मन अति नै विचलित थियो त्यो दिन । मनका कुरा कसैलाई सुनाउन पाए पनि कति हलुङगो हुन्थ्यो होला भन्ने सोचेर मैले  बेस्टफे्रण्ड मान्ने सानैदेखिको साथी सफलतालाई फोन गरेकी थिए ।  तर उसलाई मन थिएन सायद मेरो कुरा सुन्ने । मैले पनि कहर गर्न उचित ठानिन । अनायासै मनमा छटपटी थियो । घरपरिवारको कसैलाई सुनाउन आँट पनि आएन । सायद अहिलेसम्म परिवारका सदस्यलाई भन्दा साथीलाई मनको नजिक राखेर होला । मनको पिरले आफैलाई खाँदै थियो । डाँको छोडी रुन मन थियो तर घरमा रुने वातावरण पनि त थिएन । उता कोठामा बस्नुभएको बाबालाई हेरे अनि मनमनै सोचे उहाँसँग बसेर रुन पाए नि हुन्थ्यो तर आँट आएन । उहाँलाई पनि कति दुःख दिनु भन्ने लाग्यो । अहिले सम्म परिवारका कुनै सदस्यलाई मनका कुरा भनेकी पनि थिइन ।

    आफ्नो कोठाभित्र गए अनि कानमा इयरफोन लगाएर गीत बजाए । उही अहिले प्रचलित गीत ‘एक्लोपन’ । त्यसका शब्दहरुले झनै मन भक्कानियो । त्यही गीतमा जस्तै एक्लो महसुस गर्दै थिए म पनि । उमेरसँगै बढेका जिम्मेवारी सम्हाल्न सकिन भन्ने चिन्ता थियो मनमा । “अब त २१ वर्ष लाग्न लागे तर केहि गर्न सकिएन । खोइ के दिए र परिवारलाई ।” आफुलाई नियालेर ऐनामा हेरे । “परिवारलाई त परको कुरा आफुलाई पनि खुसी राख्न सकिन । न आफु खुसी छु न त मदेखि अरु कोही खुसी छन् । अब के गर्ने, कसरी पैसा कमाउने ।” यस्तै कुरा खेल्दै थिए मनमा । ऐनामा आफुलाई देखेर आँखाबाट आँसु खसे । मैले रोक्न सकिन, सायद चाहिन ।

    उमेरसँगै बढेका जिम्मेवारी, पैसा कमाउन नसक्दाको पिडा अनि त्यसमाथि पढाइको टेन्सन मन त आत्तिन्छ नै । आफ्नै उमेरका साथीहरुले के के गरिसके बरु पढाइ छोडेर विदेश जाउ कि जस्तो नि लाग्यो फेरि यत्रो खर्च गरेर पढिराकी छु बिचमा कसरी छोड्नु । अब दुई वर्ष जसोतसो पढ्छु अनि विदेश नै जान्छु । अनि त ठिक होला नि सबै । आफुले आफैलाई सान्तवना दिए । मनभित्र दौडिरहेका कुराले झनै छटपटी बढ्यो । त्यो ५ मिनेटको समयमा जीवनका हरेक सम्भावनालाई केलाउन भ्याए । अनि एक्कासी मन साथीतिर पुग्यो । उसले पनि आज एक्लै बनार्इ । फोन मै भए पनि के भयो भनेर भए हुने थिएन र ? मेरा कुरा सुन्ने मन थिएन सायद उसलाई ।

    फेरि विगतका दिनहरु याद आए । हुन त अहिले सम्म आफ्ना परिस्थिति एक्लै त सामना गरेकी छु । के क लागि साथीको आश गर्नु मैले रु आफैलाई प्रश्न गरे । जब आफुलाई समस्या पर्थ्यो आफुलाई एक्लै पाएकी थिए । मैले मरिहत्ते गर्ने साथीहरुलाई आजकाल मेरो सुन्ने समय थिएन । तर यसमा उनीहरुको पनि गल्ती होइन । उमेर र समयअनुसार सबै परिवर्तन हुन्छन् नै । तर म त्यही अड्किएकी थिए । आफ्ना हरेक पाइलामा साथी खोज्थे । टोइलेट जान होस् वा क्यानटिन जान साथी चाहिन्थ्यो । साथी कलेज नजादाँ म नि जाँदिन थिए । एक्लै खान लाज लागेर कति पटक भोकै बसेकी थिए । सुख होस् वा दुःख साथी सम्झिन्थे ।

    तर अब यो गल्ती गर्दिन । साथी भनेको सुख साट्न हुन् दुःख त एक्लै सामना गर्नुपर्छ जस्तो लाग्छ । साथी हुनु राम्रो हो, चाहिन्छ पनि । तर हरेक मोडमा साथी र साथ खोज्नु केवल मुर्खता हो । यसले आफैलाई कमजोर बनाउँछ । त्यसैले सुख होस् वा दुःख एक्लै सामना गर्ने सार्मथ्य हामी सबैमा हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...