News Portal

  • प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव टुँडिखेलमा हुँदै

    भक्तपुर, ६ माघ
    १२८४ पटक
    भक्तपुर, ६ माघ

    डिएआर मुभिजको आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने भएको छ। महोत्सवका संयोजक नमराज ढुंगानाले सोमबार आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल पार्न सो महोत्सव आयोजना गरेको बताए ।

    प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवले काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवर्द्धन पनि हुने उनको विश्वास रहेको छ। कार्यक्रम संयोजक ढुंगानाले भने,‘ ‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर महोत्वस गर्न लागेका छौँ। यसले पर्यटन वर्षलाई सहयोग मिल्नेछ।’

    काठमाडौं आसपासका काँठभित्र लुकेका परिचयात्मक, ऐतिहासिक, साँस्कृतिक धरोहरलाई समावेश गर्ने उनले बताए। कार्यक्रम परिकल्पनाकार तथा लोक दोहोरी गायक माधव थापाले काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली लगायत सांगीतिक र सांस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने सुनाए।
    उनका अनुसार पर्यटन भ्रमण वर्ष २०२० को पर्वद्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभूषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने तथा ती कुरालाई विश्व सामु उजागर गराउने उद्देश्य रहेको छ।

    के कस्ता कार्यक्रम हुने छन्?

    कार्यक्रम आयोजकका अनुसार टुँडिखेलमा हुने कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फागुन १६ गतेदेखि २० गते अर्थात (पाँच दिन) सम्म चल्ने महोत्सवको हरेक दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्म कार्यक्रम हुने छ। त्यस कार्यक्रममा नयाँ तथा पूराना कलाकारहरुको प्रस्तुति रहने छ भने, व्यपार प्रवद्र्धनका लागि एक सयभन्दा बढी स्टलको व्यवस्था गरिने छ। महोत्सव भित्र खुला काँठे लोक दोहोरी प्रतियोगीता पनि गरिने छ। देश भित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेकाले पनि यो प्रतियोगितामा भाग लिन पाउने छन्। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमश : नगद तीन लाख, दुई लाख, एक लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र लगायत अन्य पुरस्कार प्राप्त गर्नेछन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...