News Portal

  • आज जनै पूर्णिमा तथा रक्षाबन्धन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन
    ८१२ पटक
    भक्तपुर, १९ साउन

    आज देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने परम्परा रहिआएको छ ।

    आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् । साथै, पण्डितसँग डोरो बाँध्ने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि नदी, पोखरीमा गई स्नान गरेर बिशेष विधिबाट जनै धारण गर्ने गरिन्छ ।यसबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जान सकिने धार्मिक बिस्वास रहेको पाइन्छ ।

    तराईमा आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा रक्षाबन्धन (राखी) बाधिदिने परम्परा छ । दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै बाधिने यो राखी स्नेहको प्रतीक समेत मानिन्छ । पछिल्लो समयमा यो संस्कृति पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको पाइन्छ ।

    जनै पूर्णिमाका दिन बिशेष परिकार क्वाटी खाने चलन छ । एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर पकाइने परिकार नै क्वाँटी हो । यसरी क्वाँटी बनाई खानाले रोग प्रतिरोधी क्षमतासमेत बढाउने बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...