News Portal

  • एमसीसीको बिरोध गर्दा नेमकिपा कार्यकर्तामाथि ब्यापक प्रहरी दमन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ भदौ
    १४२० पटक
    nemakipa against MCCभक्तपुर, २१ भदौ

    नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो ।

    नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा आयोजित बिरोध प्रदर्शनमा प्रहरीले ब्यापक दमन गरेको विद्यार्थी नेता अनिल फोजूले बताए । पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व लगायत केन्द्रीय नेताहरुको नेतृत्वमा युवा तथा विद्यार्थीको टोली प्रदर्शनमा उत्रेको थियो । केन्द्रीय नेताहरुले प्रहरी प्रशासनसंग पत्राचार र समन्वय गरेको भएतापनि प्रहरीले दमन गरेको छ । एमसीसी सम्झौंता देशघाती भएको भन्दै खोरेजीको मागसहित शान्तिपुर्ण रुपमा जुलुस र सभा गरिरहेका प्रदर्शनकारी माथि प्रहरीले अनावस्यक हस्तक्षेप गरी दमन गरेको हो ।

    महाराजगंजस्थित अमेरिकी दुतावास नजिक त्रिवि शिक्षण अस्पतालको पश्चिममा रहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले अन्धाधुन्ध लाठ्ठी चार्ज गर्दा दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । युवा कार्यकर्ता कृष्णप्रसाद दुमरुको टाउकोमै ताकेर प्रहरी लाठ्ठी बर्साउदा उनी गंभीर घाइते हुन पुगेका छन् ।

    प्रहरीले उनको टाउकोमै लाठ्ठी प्रहार गर्दा टाउको फुटेको छ । हाल त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

    त्यस्तै प्रहरी दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक,श्याम बासुकला ,जगतराम धुख्वा , रोनित त्वायना लगायत दर्जनौं घाइते भएका छन् । रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दुतावास जाने क्रममा प्रहरीले जथाभावी लाठ्ठी प्रहार गरेको हो ।

    आफ्नो शान्तिपुर्ण विरोध प्रदर्शनमा प्रहरी दमन भएको भन्दै नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिले गृह प्रशासनका अधिकारीहरुलाई कार्वाई गर्न माग गरेको छ । संघीय सांसद समेत रहेका सचिव प्रेम सुवालले प्रेस वक्तव्य जारी गर्दै दमनको कडा निन्दागरेका छन् ।

    एमसीसी एसियामा युद्ध थोपर्ने र नेपालमा पनि अमेरिकी सैन्य अखडा राख्ने नियतसहित अगाडि बढाइएको निष्कर्ष सहित नेमकिपाले एमसीसी सम्झौता खारेजीको संघर्षमा साथ दिन समेत  जनतासंग अपिल गरेको छ ।

    यो पनि

    ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई

    बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर

    यसकारण एमसीसी घातक

    नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...