News Portal

  • गृहपृष्ठ # chagu

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी

    चाँगुनारायणमा चट्याङ्गले लियो एक युवकको ज्यान ,

    चाँगुनारायणमा चट्याङ्गले एक युवकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका – ८ ताथलीमा चट्याङ्गलागि युवकको मृत्यु भएको हो । सोमवार बेलुकी भएको मेघ गर्जनसंगै चट्याङ्ग पर्दा ताथली स्थित शंकर इट्टा भट्टामा काम गर्ने एक युवकले...बाँकी

    काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

    शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी

    भक्तपुर भूमिसुधार कार्यालयका सुब्बा घुस रकमसहित समातिए

    भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि...बाँकी

    परिवारको इच्छा विपरीत बिजुक्छेकी सिपाही बनेकी सृजना बनेरै छोडिन् देशकै कान्छी प्रदेश सभा सदस्य

    प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो । पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई...बाँकी

    भक्तपुर आएर मुख्यमन्त्री पौडेलले भने – सबै सरकारी कार्यालय माफियाको कब्जामा भएछ

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा...बाँकी

    पतन्जलीले भक्तपुरमा ५ दिने योग प्रशिक्षक तालिम संचालन गर्ने

    पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी

    भक्तपुरका उपमेयरहरु भन्छन् – आमाले जस्तै निष्पक्ष न्याय गर्छौ

    न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका...बाँकी