News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    अक्सिजन उत्पादनको परीक्षण गर्दै नगरपालिका अस्पताल, दैनिक पन्ध्र सय लिटरको लक्ष्य

    मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको छ । शुक्रवारबाट अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको हो । करिब पैसठ्ठी लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टको सबै उपकरण...बाँकी

    भक्तपुरमा बिपन्न सुत्केरीलाई वाइसिएलको खाद्यान्न सहयोग

    मध्यपुर थिमी वडा नं. ३ गठ्ठाघरमा डेरागरी बस्ने एक बिपन्न महिलालाई वाइसिएलले राहत दिएको छ । २ महिनाको सुत्केरी र २ जना नानिको आमा समेत रहेकी उनलाई राहत प्रदान गरिएको हो । ठेलागाडामा पानीपुरी बैच्दै...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी

    नयाँ सरकार बन्नबाट रोक्न जसपाका केहि सांसद भक्तपुरको रिसोर्टमा ल्याइए

    जनता समाजवादी पार्टी (जसपा) का केहि सांसदहरु भक्तपुरको एक रिसोर्टमा ल्याइएका छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो पक्षका भनिएका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा ल्याएर राखेका हुन् । श्रोतका अनुसार उनीहरुलाई डोलेश्वरजाने बाटोमा...बाँकी

    भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी

    कोरोना भन्दा पनि पाकेको गहुँ भित्र्याउन नसकिने होकि भन्ने चिन्तामा भक्तपुरे किसान

    यतिवेला गाउँवस्ती सबै त्रसित अवस्थामा छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको छ । यतिबेला काठमाडौ उपत्यकासंगै भक्तपुरका किसानहरु पनि कोरोना भाइरसको कारण त्रसित मात्र नभएर कसरी बाली भित्राउने भन्ने चिन्तामा समेत परेका...बाँकी

    टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी

    तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस...बाँकी

    भक्तपुरमा अस्पतालको लापरवाही : भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै बिरामीको मृत्यु

    अन्तराष्ट्रिय स्तरको सेवा दावी गर्ने भक्तपुरको एक निजी अस्पतालको लापरवाहीका कारण कोभिड पेसेन्टको ज्यान गएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिको लापरवाहीका कारण उपचाररत २ बिरामीको ज्यान...बाँकी