News Portal

  • गृहपृष्ठ # भक्तपुर

    सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी

    वाइसीएल भक्तपुरको कार्यक्रममा ५३ जनाले गरे रक्तदान

    योङ कम्युनिष्ट लिग, नेपाल(वाइसीएल, नेपाल) को भक्तपुर नगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान गरि जीवनदान गरौं’ भन्ने अपिल सहित वाइसीएलले शनिवार बिहान त:मारीमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो...बाँकी

    सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी

    दुधपाटीस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही

    भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको प्रयोगशालामा समेत म्याद गुज्रेका केमिकल्स प्रयोग हुन थालेका छन्, जसले गर्दा बिरामीको गलत रिपोर्ट आएको खुलासा भएको छ । अस्पतालले...बाँकी

    भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । पुस २४ गतेदेखि भक्तपुरको मध्यपुर थिमिस्थित थिमि ब्याङ्क्वेटमा उक्त प्रतियोगिता हुने भएको हो । नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला...बाँकी

    संघीयताले सप्रदै भक्तपुर अस्पताल : ३ सय शैयामा स्तरउन्नती गर्ने प्रदेश सरकारको निर्णय

    देशमा संघीयता आएसंगै प्रादेशिक अस्पतालमा परिणत भक्तपुर अस्पतालले काचुली नै फेरेको छ । उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि यसको बिकास हुन भने संघीयता नै आउनुपरेको हो । रिफर सेन्टरको रुपमा बदनाम रहेको भक्तपुर अस्पताललाई बागमती...बाँकी

    गृहमन्त्रीको रोजाईमा भक्तपुरका भोला, गोरखामा सिडिओको जिम्मेवारी

    bhola dahal

    भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।...बाँकी

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई सुरक्षा थ्रेट : पाए पिएसओ सुविधा

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका नेता एवं नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पाएका छन् । सरकारले पिएसओ फिर्ता लगेको एक सातामै पूर्वमन्त्री बस्नेतले पुन: सो सुविधा पाएका हुन् । संसदको...बाँकी

    सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    santosh pariyar rabi

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनित भएका छन् । रास्वपाको महोत्तरीमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको बैठकले सांसदलाई स्वत: केन्द्रीय सदस्य मनोनयन गरेको हो...बाँकी